भूकम्पले क्षतिग्रस्त रातोमाटे प्रा.वि.को पुनःनिर्माण पश्चात् विद्यालय व्यवस्थापनलाई हस्तान्तरण

रमा घिमिरे/ समाज – July 2, 2016

काठमाडौं, असार १८
‘शान्ति शिक्षा अभियान नेपाल’ले भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालय भवन पुनःनिर्माण तथा मर्मत कार्यक्रमअन्तर्गत काठमाडौंको  नाङ्गलेभारेमा अवस्थित रातोमाटे प्राथमिक विद्यालयको २०७३ असार १६ गते बिहीबार एक कार्यक्रमका बीच शान्ति शिक्षा अभियानका कोषाध्यक्ष बिजयबाबु शिवाकोटीकोे प्रमुख आतिथ्यतामा नवनिर्मित दुई कोठे पक्कि भवन उद्घाटन गर्दै उक्त विद्यालय विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गर्नुका साथै सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजुराम ढकालले गतवर्षको बिनाशकारी भूकम्पले विद्यालयको भवनहरू क्षतिग्रस्त बनाएकोे हँदा विद्यालयमा पठनपाठन गर्न गराउन असहज भएको अवस्थामा शान्ति शिक्षा अभियान नेपालले २ कोठे भूकम्प प्रतिरोधि भवन निर्माण गरी सहयोग गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा शान्ति शिक्षा अभियान नेपालका कार्यकारी निर्देशक रचना महर्जनले विद्यालयको भवननिर्माण कार्यमा लागेको कुल लागत रकम १२,८६,१३२।–बारेमा विस्तृत रुपमा समुदायलाई जानकारी गराएकी छन् ।

यसै गरी शान्ति शिक्षा अभियान नेपालका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका प्रमुख अतिथि बिजयबाबु शिवाकोटीले भूकम्पपछिको नाजुक अवस्थामा शान्ति स्कूल प्रोजेक्ट, अमेरिका र अलबामानेप्लिज एसोसिएसन, अमेरिकाको आर्थिक सहयोगमा विद्यालय भवन पुनःनिर्माण गरी पठनपाठन कार्यमा सहयोग गर्न पाउँदा आफु अत्यन्त हर्षित भएको बताएका छन् । साथै आगामी दिनहरूमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न विविध शैक्षिक कार्यक्रमहरू मार्फत सहयोग जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।