शान्ति शिक्षा अभियान नेपालकf] सहयf]गमा विद्यालय भवन पुनःनिर्माण गरी हस्तान्तरण

ललितपुर, असार दिपक समिर

शान्ति शिक्षा अभियान नेपालले “भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण मर्मत कार्यक्रम”अन्तर्गत ललितपुर जिल्लाको मानिखेल गाविसमा अवस्थित ज्ञानचक्षु प्राथमिक विद्यालय पुनःनिर्माण गरी मिति २०७३ आषाढ १ गते जिल्ला शिक्षा कार्यालय ललितपुरका सहायक जिल्ला शिक्षा अधिकारी खेमनाथ पोखरेलको प्रमुख आतिथ्यतामा नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण एवं सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

गत वर्ष बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त विद्यालय भवनहरू र विद्यार्थीहरूको दयनीय अवस्थालार्ई मध्यनजर गर्दै यस संस्थाले ‘भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण मर्मत कार्यक्रम २०७२/०७३ अन्तर्गत दोलखा जिल्लाका ५, काभ्रे जिल्लाका ४, काठमाडौं जिल्लाका ३ र ललितपुरका १० वटा गरी कूल रु. दुई करोड ७५ लाखको लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुनःनिर्माण गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यमान लामाले गत वर्षको विनाशकारी भूकम्पले विद्यालयको लगभग सबै भवनहरू क्षतिग्रस्त भएकोले विद्यालयमा पठनपाठन गर्न गराउन असहज भएको अवस्थामा विभिन्न संघसंस्थाहरूबाट सहयोग प्राप्त भई अस्थायी कक्षा कोठामा राखी पठनपाठन भईरहेको तर मौसमी परिवर्तन सँगसँगै विभिन्न समस्याहरू आउने गरेको अवस्थामा शान्ति शिक्षा अभियान नेपालले दुई कोठे पक्की भवन निर्माण गरी विद्यालयलाई धेरै राहत मिलेकोमा संस्थालाई धन्यबाद ज्ञापन गरेका थिए ।

सोही भूकम्पमा परी यसै विद्यालयका दुई जना विद्यार्थीको मृत्यु भएको र नवनिर्मित भूकम्प प्रतिरोधी भवन बनेपश्चात् अबका दिनहरूमा कसैले पनि अनाहकमा ज्यान गुमाउन नपर्ने विश्वास व्यक्त गरे ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शान्ति शिक्षा अभियान नेपालका कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माणमा लागेको कूल लागत रकम १३,८०,६५९।– खर्च बारे विस्तृत रूपमा समुदाय समक्ष सार्वजनिक परीक्षण प्रतिवेदन पेश गरेकी थिइन् ।

यसैगरी शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रविन्द्र महर्जनले भूकम्पपछि विद्यालयहरूको भवन क्षतिग्रस्त भई विद्यार्थीहरूलाई असहज वातावरणमा पठनपाठन गराईरहेको अवस्थामा नेप्लिज एशोसिएशन अफ हुस्टन (एनएएच), अमेरिकाको आर्थिक सहयोगमा विद्यालय भवन पुनःनिर्माण गरी पठनपाठन कार्यमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले देशमा हालको जस्तै पुनर्निर्माण कार्यमा ढिलाई भएमा १० लाखभन्दा बढी विद्यार्थीहरू आगामी पाँच वर्षसम्म अस्थायी सिकाई केन्द्रमा पठन पाठन गर्न जटिल अवस्था श्रृजना हुने हुँदा शान्ति शिक्षा अभियानलगायत अन्य संघसंस्थाहरू र समुदाय मिलेर पुनःनिर्माण कार्यमा लाग्न आग्रहसमेत गरेका छन् । आगामी दिनहरूमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक शैक्षिक कार्यक्रमहरूमार्फत संस्थाको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि खेमनाथ पोखरेलले भूकम्पले क्षतिग्रस्त भवन पुनःनिर्माण गरी विद्यालयका बालबालिकाहरूलाई पठनपाठन गर्न उपर्युक्त कक्षा कोठाको व्यवस्था र शिक्षक शिक्षिकाहरूलाई अध्यापन गराउन सहज वातावरण श्रृजना भएकोमा धन्यबाद व्यक्त गरे । संस्थाले यसअघि माल्टा, घुसेल, र अाश्राङमा भवन हस्तान्तरण गरिसकेकाे छ ।